सागर आले ‘नेपाल आइडल’को अन्तिम चारबाट बाहिरिए

काठमाडौं । सागर आले ‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट बाहिरिएका छन्  ।

शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका हुन् ।

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत प्राप्त गरी कूल ११ लाख ४५ हजार ५३८ मत पाए ।

यसैगरी दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।

‘नेपाल आइडल’को अन्तिम चारको भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहीबारको सोमा भोटिङ खुला गरिएन ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत