निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोग असफल – थापा

२९ भदौ ०७४, काठमाडौ । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोग असफल भएको टिप्पणी गरेका छन् ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोग असफल भएको टिप्पणी गरेका हुन् । निर्वाचनको निश्पक्षतामाथि नै गम्भीर प्रश्नचिन्ह उठेको भन्दै राप्रपा अध्यक्ष थापाले आचारसंहिता पालनालाई सशक्त र प्रभावकारी बनाउन आयोगलाई आग्रह गरे ।

उनले आचारसंहिता लागू भएपछि पनि सरकारले मन्त्रिपरिषद विस्तार, कर्मचारी सरुवा बढुवा लगायतका काम गर्दा आयोगले आचार संहिता उलंघन भएको भनेपनि कारबाही गर्न नसकेको बताए ।

पार्टी फुटको असर मनोवैज्ञानिक रुपमा भएपनि सांगठनिक रुपमा नभएको दाबी गर्दै उनले आगामी चुनावमा पार्टीले मत र स्थान सुधार गर्ने बताए ।

उनले आगामी चुनावलाई लक्षित गरेर राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जानकारी दिए । दशैं र तिहारको बिचमा नेपालकै सबैभन्दा होंचो भाग तथा स्थानिय तहमा राप्रपाले जितेको झापाको कचनकवलबाट स्वाभिमान यात्रा शुरु भई पश्चिम महेन्द्रनगरमा पुगेर टुंगिने  बताए ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत