संबिधान शंसोधन प्रस्ताव अव बन्ने संघीय संसदमा पुन ल्याउछौंः ‘प्रचण्ड’

२९ भदौ ०७४, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संबिधान शंसोधन प्रस्ताव अव बन्ने संघीय संसदमा पुन ल्याईने बताएका छन् ।

बिहीबार धनुषाको सहीदनगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएकाले दुई तिहाई पुगे अव बन्ने संघीय संसदमा फेरि संविधान संशोधन प्रस्ताव पुन ल्याइने बताएका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्दै  प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मधेशी जनताका जायज माग पुरा गर्न निकै प्रयास गरेको तर  पुराना राजा महाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न नसकेको बताए ।  प्रचण्डले भने- ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएका बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेंटी गरिनेछ ।’

अध्यक्ष दाहालले संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनमा ल्याउन  सफल भएको भन्दै प्रचण्डले सामाजिक न्याय, समावेशिता, गणतन्त्र, धर्म निरपेक्षताजस्ता कुरालाई संस्थागत गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत