थबाङ गाउँपालिका प्रमुख घर्ती अपहरणको जिम्मा नेकपाले लियो

३० भदौ ०७४, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेकपाका रोल्पा जिल्ला सेक्रेटेरी जागृतिले लिएका हुन् । उनले आफूहरुले घर्तीलाई अपहरण गरेको नभइ छलफलका लागि आफूहरुसँगै राखेको बताएका छन् । ‘छलफलको लागि बोलाएका हौं र समझदारीमै छलफलमा रहेका छौं,’ उनले भने ‘पुरानो सत्ताको जनपरिषदको अधिवेशन राखेकोले वियोगलाई बोलाएका हौं ।’

शनिबार आयोजित थवाङ गाउँसभा कार्यक्रम उदघाटनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई आफूहरुको अनुमतिविना किन बोलाएको भन्दै नेकपाले नियन्त्रणमा लिएको हो ।

स्थानीय चुनावमा नेकपा, नेपाली कांग्रेस, नेकपा एमालेसहितको गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती थवाङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत