एनआरएनए अध्यक्षमा भट्टले उम्मेदवारी दिने घोषणा

३१ भदौं ०७४, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गरी वर्तमान उपाध्यक्ष समेत रहेका भट्टले एनआरएनएको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।उनले एनआरएनएमा आवद्ध बैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने र स्मार्ट एनआरएन बनाउने  एजेण्डा अघि सारेका छन् ।

उनले एनआरएन भवन निर्माण, लाप्राक नमुना वस्ती, भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियाजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत