थवाङ गाउँपालिकाका अध्यक्ष घर्तीमगर अपहरणमुक्त

१ असोज ०७४, काठमाडौं । गत बिहीवार राति अपहरणमा परेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष बिर बहादुर घर्ती ४० घण्टापछि सकुशल अपहरणमुक्त भएका छन् ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ कार्यकर्ताहरुले अध्यक्ष घर्तीलाई स्थानीय पत्रकारको रोहवरमा शनिबार राति करिब ९ बजेतिर रोल्पा नगरपालिका १० धवाङ भनभनेबाट अपहरणमुक्त गरेका हुन् ।  अध्यक्ष घर्तीलाई पत्रकारको जिम्मा लगाइएको हो ।

अपहरणमुक्त भएका घर्तीले थवाङबाट अपहरण गरी आफूलाई जंगलको बाटो पहाडै पहाड दिनरात हिडाएर धवाङको भनभने ल्याएको बताए । अपहरणमुक्त भएका घर्ती राति ११ बजे स्थानीय प्रशासनको सम्पर्कमा आएका थिए ।

थवाङको पहिलो गाउँसभामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड आउनबाट रोक्न आफूलाई अपहरण गरिएको  अध्यक्ष घर्तीले बताए । उनीहरुले आफूलाई गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिन पनि दवाव दिएको उनले बताए ।

तर थवाङको पहिलो गाउँसभामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले शनिबार सम्बोधन गरेका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत