धनुषामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ७ जना घाइते

१ असोज ०७४, धनुषा । असोज २ गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि जारी रहेका बेला धनुषामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा सात जना  घाइते भएका छन् ।

शनिबार राति करिब साढे ११ बजेको समयमा चुनावी विषयमा भएको विवादले उग्ररुप लिएपछि धनुषाको नगराइन नगरपालिका–८ अकौरामा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । पाँच जना सामान्य उपचार पछि घर फर्किसकेका छन भने गम्भीर घाईते भएका २१ वर्षीय ईन्द्रकुमार पासवान र ४३ वर्षीय अरबिन्द कुमार पासवानको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

अरबिन्दको टाउकोमा गम्भीर चोट लागेको छ भने, ईन्द्रकुमारको टाउको, कन्चट र अनुहारमा धारिलो हतियारले प्रहार भएकाले अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

झडपका विषयमा अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत