प्रदेश नं.२ को मतपरिणाम सार्वजनिक, माओवादी केन्द्र ४ स्थानमा विजयी

३ असोज ०७४, काठमाडौं । प्रदेश नं. २ मा भएको तेस्रो चरणको निर्वाचनमा माओवादी केन्द्रले विजय सुरुवात गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी प्यानलसहित विजयी भएका छन् ।

बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षमा माओवादी उम्मेदवार पानालाल साह कलवार ४ सय ८१ मत प्राप्त गरी प्यानलसहित विजयी भएका छन् ।

यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा  माओवादी उम्मेदवार सत्यनारायण कुमार दनुवार २०६ मत ल्याएर विजयी भएका छन् ।

सर्लाहीको हरिवन नपा वडा १ मा माअोवादी केन्द्र विजयी भएकाे छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत