बाबुराम, वैद्य र विप्लव समूह अलग बस्नुको औचित्य छैन् – प्रचण्ड

४ असोज ०७४, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम, वैद्य र विप्लव समूह माओवादी केन्द्रसँग अलग बस्नुको कुनै औचित्य नभएको बताएका छन् ।

मंसिरमा हुने प्रदेश र संघको निर्वाचनको तयारीका लागि कार्यकर्तालाइ प्रशिक्षण दिन बुधबार गोर्खा आइपुगेका अध्यक्ष प्रचण्डले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बतााएका हुन् ।

उनले तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनको संवेदनशील पक्ष भएकाले कसले कति सिट ल्यायो भन्ने कुराले महत्त्व नराख्ने बताए ।

स्थानीय तह निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको भन्दै उनले यही सरकारले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने समेत बताएका छन् ।

नयाँ शक्ति पार्टी संयोजक डा.बाबुराम भट्टराईको गृह जिल्ला गोरखा पुगेका प्रचण्डले आसन्न निर्वाचनमा भट्टराई समूहसँग तालमेल नहुने बताएका छन् ।

‘स्थानीय तहको चुनावमा हामीलाई सहज हुने गरी बिभिन्न पार्टीसँग तालमेल गर्‍यौँ,’ प्रचण्डले भने, ‘अबको चुनावमा पनि सहज हुने हिसावले तालमेल हुन्छ, तर बाबुरामजीको पार्टीसँग भने तालमेल हुँदैन ।’

उनले बाबुराम, वैद्य र विप्लव समूह माओवादी केन्द्रसँग अलग बस्नुकोे औचित्य नभएकाले एकतामा आउन आग्रह पनि गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत