पहिरोमा परेर तीन जनाको मृत्यु

७ असोज ०७४, पाल्पा ।  बुटवल-तानसेन सडकखण्डको दोभान नजिकै खसेको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

दुई यातायातका साधन गन्तव्यतर्फ जाँदै गर्दा पहिरोमा परेर दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारमा सवार गुल्मी बलेटक्सारका यमलाल ज्ञवाली, रुरु गाउँपालिकाका तिलकराम भण्डारी र ट्रक चालक पाल्पा तिनाउ गाउँपालिकाका माधव रानाको मृत्यु भएको हो । कारमा सवार राधिका भण्डारी भने सकुशल रहेकी छन् ।

शुक्रबार साझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक बिहान एकतर्फी खुलेपछि रोकिएका साधनहरु गन्तव्यतर्फ जाँदै गर्दा पहिरो खसेपछि सो दुर्घटना भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत