गाेरखामा काँग्रेस नेताको दबावमा ‘चोर’ बाटोबाट क्रसर उद्योग सञ्चालन गर्न अनुमति

९ असाेज ०७४, गोरखा । स्थानीय प्रशासनले क्रसर खोल्न रोक लगाएपछि कांग्रेस नेताहरुको दबावमा भूकम्प पुनर्निर्माण प्राधिकरणले ‘चोर’ बाटोबाट एक निर्माण व्यवसायीलाई क्रसर सञ्चालन गर्न अनुमति दिएको छ ।

प्राधिकरणले कांग्रेस नेताहरुको दबावमा कन्सट्रक्सनका सञ्चालक शिव चौलागाईंलाई गोरखा नगरपालिका–१० स्थित छेवेटारमा नियम मिचेर क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको हाे ।

प्राधिकरणका एक कर्मचारीकाअनुसार कांग्रेस निकट रहेेेका ती व्यवसायीलाई क्रसर उद्योग सञ्‍चालन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका केही व्यक्ति, प्राधिकरणका सिईओ गोविन्द पोखरेल, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र जिल्ला सभापति हरिबहादुर घलेकाे दवावमा प्राधिकरणले ‘चोर’ बाटोबाट क्रसर चलाउन अनुमति दिएको हो ।

अनुगमन समितिले नियम विपरीत काम गरेको भन्दै पटक/पटक जरिवाना र स्पस्ष्टीकरण लिइसकेको भए पनि क्रसरका लागि त्यस स्थानमा यसअघि नै अवैध रुपमा ग्राभेल भण्डार गरेर राखिएको थियो ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आयोजना स्थलभित्र मात्र क्रसर चलाउन पाइने तर एउटा निर्माण व्यवसायीलाई कानुन मिचेर काम गर्न नदिएको बताएका छन् ।

तथापि, कन्सट्रक्सनका सञ्चालक शिव चौलागाईंले भने सरकारकाे नियमअनुसार आयोजना स्थलमै क्रसर राखेर सडक कालोपत्रे गर्न असम्भव रहेको बताएका छन् ।  

उद्योग मन्त्रालय र स्थानीय प्रशासनले मात्रै क्रसर उद्योग सञ्‍चालन गर्न र ढुङ्गा गिटी बालुवाको काम गर्न अनुमति दिने प्रावधान रहेकाे छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत