रौतहटमा गोली हानी हत्या

९ असोज ०७४, रौतहट । रौतहटको परोहा नगरपालिका २ जिंगडवामा गोली हानी एक युवकको हत्या गरेको छ ।

सोमबार बिहान हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका  २४ वर्षीय छोरा शेख अब्बु सोहेब (अख्तर) लाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । शरीरमा गोली लागेका घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

आफ्नै घरको आंगनमा सुतिरहेकको अवस्थामा बिहान करीब ४ बजे सोहेब माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृतको शव परीक्षणको लागि गौर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले परोहा नगरपालिका १ का मनोज कुमार साहका छोरा २२ वर्षीय प्रदीप भन्ने सुरज कुमार साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त वडामा माओवादी केन्द्रका महम्मद एजाजुर रहमान विजयी भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत