काभ्रेको निङगालेमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक घाइते, एक जना वेपत्ता

१० असोज ०७४,  काभ्रे । जिल्लाको रोशी गाउँपालिका-३ मा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मंगलबार बनेपाबाट डाँडापारि जाने क्रममा बिहान ११ बजेतिर शिखर आम्बोटेस्थित निङगालेमा  बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटना हुँदा चार महिला र एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काभ्रे महाभारत गाउँपालिका २ बस्ने ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया मेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीया कुमारी जिम्बाको मृत्यु भएको हो । मृतक अर्का एक जना पुरुषको सनाखत भएको छैन ।

सोही गाडीमा सवार ८ वर्षीया बालिका कृष्टिना मोक्तान हराइरहेको र उनको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका काभ्रे महाभारत २ बस्ने ८ वर्षीय अभिषेक तामाङलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

उक्त गाडी दशैं मान्न जानेहरुले रिजर्भ गरेर लगेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत