आमरण अनशन बसेका शिक्षक गजुरेलको स्वास्थ्य कमजोर बन्दै

काठमाडौं । नेपाल आंशिक प्राध्यापक संघको आह्वानमा आमरण अनशन बसेका शिक्षक डा. महेश गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कार्यालय अगाडि आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै आमरण अनशन बसेका गजुरेलको पिसाबमा खराबी देखिएको छ ।

आंशिक प्राध्यापक संघका सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीले पाँच दिनदेखि आमरण अनशन बस्नुभएका शिक्षक गजुरेलको रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको बताए ।

यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट सुनुवाइ नभएकाले डा. गजुरेलले आमरण अनशन शुरु गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत