एमालेले प्रतिनिधि र प्रदेश सभाका लागि नाम सिफारिस प्रक्रिया शुरु गरे

१६ असोज ०७४, काठमाडौं । नेकपा एमालेका सबै निर्वाचन क्षेत्रीय कमिटीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नाम सिफारिस प्रक्रिया शुरु गरेका छन् ।

पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने एमालेको कार्यतालिका छ ।

सो पार्टीको यही असोज १० मा बसेको स्थायी कमिटीको बैठकले १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा ती नाम पठाउन र प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिन निर्देश गरेको थियो । ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठकले टुंगो लगाउने जनाइएको छ ।

स्थायी कमिटीको यही असोज १५ गतेको बैठकले अन्य वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिसँग तालमेलसमेत गर्ने निर्णय भएकाले त्यसबारे अन्य दलको प्रतिक्रिया आउन बाँकी रहेको स्थायी कमिटीका सदस्य शंकर पोखरेलले बताए ।

चुनावी तालमेलबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत