एमाले बाहेकका दलसँग कांग्रेसले तालमेल गर्ने – महत

१६ असोज ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एमाले बाहेकका दलसँग प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिहरुसँग चुनावमा तालमेल गर्ने बताएका हुन् ।

‘हुन त कांग्रेस आफ्नै बलमा निर्वाचन लड्छ, तर राष्ट्रिय मुद्दामा समान दृष्टिकोण राख्ने र स्थानीयतहको आवश्यकत्ताअनुसार हामी चुनावी गठबन्धन बनाउँछौं’ उनले भने, ‘तर एमालेसँग अहिले तालमेल हुँदैन् ।’

उनले प्रमुख प्रतिपक्षी दल एमालेले समुदायवीच फाटो ल्याउने र राष्ट्रिय एकतामा विभाजन ल्याउने काम गरेको समेत आरोप लगाए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत