दशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी

१४ असोज ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गरेको सिफारिसको आधारमा बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४५६ जना कैदीहरुको सजायँ माफी दिएकी हुन् ।

संविधानको धारा २७६ अनुसार सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत