सीमा क्षेत्रका बजार भ्रमण नगर्नु, भुक्किएर एक देशबाट अर्को देशमा प्रवेश नगर्नू – चीन

काठमाडौं । चीनले दोक्लाम विवादपछि पहिलो ‘ट्राभल एड्भाजरी’ जारी गर्दै आफ्ना नागरिकलाई भुक्किएर एक देशबाट अर्को देशमा प्रवेश नगर्न सचेत गराएको छ ।

चीनले नेपाल घुम्न जाने आफ्ना नागरिकलाई भारतीय क्षेत्रमा प्रवेश नगर्न सचेत गराउँदै नेपाल र भारतको सीमा क्षेत्रको यात्रामा सचेत हुन भनेको हो ।

आफ्ना नागरिकलाई चीनले सीमा क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मी, सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीको फोटो नखिच्न पनि भनेको छ ।

‘सीमा क्षेत्रका बजार भ्रमण नगर्नु र भुक्किएर एक देशबाट अर्को देशमा प्रवेश नगर्नू’ निर्देशनमा भनिएको छ ।

चीनले नेपाल घुम्न आउने आफ्ना नागरिकलाई समस्या भएमा नेपाल प्रहरी र काठमाडौंस्थित चिनियाँ दूताबाससँग सम्पर्क गर्न पनि भनेको छ ।

१६ अप्रिल २००१ मा चिनियाँहरुलाई नेपाल घुम्न प्रत्सासित गर्ने समझदारी दुई देशबीच भएको थियो । त्यसको झण्डै एक वर्षपछि जुन २००२ बाट चिनियाँ पर्यटक नेपाल आउन थालेका हुन् । चिनियाँ पर्यटकहरु नेपाल आउन थालेको १५ वर्ष मात्र भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत