खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आन्तरिम आदेश

२२ असोज ०७४, काठमाडौं । मन्त्रिपरिषद् बैठकद्वारा नेपाल आयल निगमको प्रमुखबाट पद मुक्त गरिएका गोपाल खड्कालाई सर्वोच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

पद मुक्त भएपछि खड्काले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो ।

आयल निगमका कार्यकारी निर्देशक खड्कालाई जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो ।

त्यसअघि आयल निगमले पेट्रोलियन भण्डरणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरुले खड्कालाई कारबाहीका लागि निर्देशन दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत