परिवार दलका उम्मेदवार सूर्य चिह्न लिएर चुनाव लड्ने

२१ असोज ०७४, काठमाडौं । नेपाल परिवार दलका उम्मेदवारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा एमालेको ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने भएका छन् ।

दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् ।

राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच भएको सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ ।

सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने छ भने संसद्भित्र एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्ने छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत