कमल थापा देउवा नेतृत्वको सरकारमा जाने तयारी गर्दै

२३ असोज ०७४, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तयारी गरेको छ ।

यसैबीच राप्रपाले चुनाव देउवा सरकारलाई समर्थन गरेको पत्र संसद सचिवालय र देउवालाई बुझाएको छ  । साथै, राप्रपाले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने र कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने निर्णय पनि गरेको छ ।

सत्तामा बसेर विपक्षीसँग सहमति गरेर सरकारमा बस्ने नैतिक अधिकार नेकपा माओवादी केन्द्रले गुमाइसकेका टिप्पणी सत्तारुढ दलका नेताहरुले गरेका छन् ।

तर, माओवादीले भने पूर्व-सहमतिअनुसार नैतिकताका आधारमा देउवा नेतृत्वको सरकारलाई समर्थन गरिएको र प्रदेश साथै संघको निर्वाचनसम्म इमानदारितापूर्वक साथ दिने सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

राप्रपा सरकारमा गएमा माओवादी केन्द्र मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रधानमन्त्री देउवाको तयारी रहेको स्रोतले जनाएको छ ।

माओवादीले भने सरकारलाई दिएको समर्थन फिर्ता नलिने र नयाँ सरकार नबनाउने बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत