नेपाल र बंगलादेश दुईपक्षीय विषय अघि बढाउन सहमत

काठमाडौं । नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान (बीबीआईएन) उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा व्यापार, यातायात सञ्जाल, जनस्तरको सम्बन्ध, पर्यटन, बन्दरगाह उपयोगजस्ता विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।

बैठकमा जनस्तरको सम्बन्धका विषयमा थप गृहकार्य गर्नुपर्ने विषयमा पनि समझदारी भएको विज्ञप्तिमा जनाइएको छ । दुई देशबीचको व्यापार प्रवद्र्धन, ऊर्जा क्षेत्रमा लगानी, सम्पर्क सञ्जाल विस्तार, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनलगायत विषयमा पनि बैठकमा छलफल भएको दूतावासले जनाएको कान्तिपुरमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत