राजविराजमा इजलासको नौं लाख लुटियो

२४ असोज ०७४, सप्तरी । राजविराजमा एक व्यापारीको दिनदहाडै ९ लाख ५ हजार लुटिएको छ ।

एक बैंकबाट अर्काे बैंकमा जम्मा गर्न गइरहेको अवस्थामा उनको रकम सो रकम लुटिएको हो ।

राजविराज मलेठ निवासी इजलास मियाँले मंगलबार दिउँसो राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकबाट झिकेको उक्त रकम तत्कालै लुटिएको हो । बाणिज्य बैंक राजविराजकै मुटु गजेन्द्र चोकमा रहेको छ ।

बाणिज्य बैंकदेखि केही मिटरको दुरीमा रहेको सनराइज बैंकमा रकम जम्मा गर्न गइरहँदा एक समूहले इजलासको शरीरमा फोहोर फ्याँकी रकम लिएर फरार भएको पीडितले जनाएका छन् ।

सनराइज बैंकमा रकम जम्मा गर्नका निम्ति स्टाम्प बनाउन जाने क्रममा माइक्रो स्ट्याण्ड नजिकैबाट उनको रकम लुटिएको प्रहरीले जनाएको छ ।

‘एक्कासी एक जना अज्ञात व्यक्ति आएर घाँटीमा फोहोर दली रकमले भरिएको ब्याग लिएर भागे’ उनले भने, ‘ती व्यक्ति को हुन् र कहाँ भागे केह थाहा छैन् ।’

राष्ट्रिय बाज्यि बैंकमा हलिमा खातुनको नाममा रहेको १०२५ नम्बरको खाताबाट उनले रकम झिकेका थिए । उनले सो रकमले आउँदो दीपावलीका दिनदेखि मलेठमा हार्डवेयर पसल सञ्चालन गर्ने योजना बनाएका थिए ।

यसैबीच रकम लुटेको आशंकामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत