सिंहदरबारमा तीन महिनाभित्र १ मेगावाट क्षमताको सोलार प्यानल जडान हुने

२४ असोज ०७४, काठमाडौं । सरकारले सिंहदरबारभित्र आगामी तीन महिनामा १ मेगावाट क्षमताको सोलार प्यानल जडान गरिसक्ने बताएको छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले दिएको जानकारी अनुसार सिंहदरबारभित्र बिजुली आपूर्ति नियमित भवनको छतछतमा सोलार प्यानल जडान गर्न लागिएको छ ।

‘सिंहदरबारभित्रका भवनको छतले नपुगे बाहिर रहेका राष्ट्रिय वाणिज्य बैंक, बिमा संथानको भवनको छतमा पनि सोलार प्यानल राखिने छ’ उनले बताए ।

‘सिंहदरबारभित्रका भवनको छतमा सोलार प्यानल जडान गर्न लागिएको छ,’ उनले भने, ‘सिंहदरबारभित्रका भवनको छतले नपुगे बाहिर रहेका राष्ट्रिय वाणिज्य बैंक, बिमा संथानको भवनको छतमा पनि सोलार प्यानल राखिनेछ।’

प्रवक्ता घिमिरेले चिनियाँ सरकारको अनुदानमा जडान गर्न लागिएको सोलार प्यानलबाट पुस १६ गतेभित्र विद्युत् उत्पादन हुने पनि जानकारी दिए ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले सिंहदरबार परिसरमा धमाधम सोलार प्यानल जडान गरिरहेको छ । घिमिरेका अनुसार शतप्रतिशत चिनियाँ अनुदानमा जडान हुने सोलार प्यानलले सिंहदरबारभित्रको विद्युत् आपूर्ति नियमित गर्न सहयोग पुग्नेछ ।

हालसम्म सिंहदरबारभित्र नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडरबाट पाँच मेगावाट विद्युत् खपत हुँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत