राष्ट्रकविलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिने

२६ असोज ०७४, धनगढी । राष्ट्रकवि माधव घिमिरेलाई  रु. १ लाख राशीको ‘मनिराज वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको ‘मनिराज वाङ्मय पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको हो ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)का अध्यक्ष पदमराज जोशीले राष्ट्रकविलाई उनको जन्मशताब्दीको पूर्व सन्ध्यामा पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको अनुभूति भएको बताए ।

प्रा. डा. रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसअनुसार राष्ट्रकविलाई रु.एक लाख राशीको उक्त पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

गत वर्ष प्रतिष्ठानको संयोजनमा महाकाव्यकार जोशीका छोरा गोविन्दराजबाट १० लाखको अक्षयकोष खडा गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत