संसद्को आयु शनिबार स्वतः समाप्त हुने

२६ असोज ०७४, काठमाडौं । राजनीतिक दलका शीर्ष नेता र संसद् सचिवालयबीच भएको छलफलले संसद्को आयु शनिबार स्वतः समाप्त हुने सहमति गरेका छन् ।

प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुने संवैधानिक व्यवस्था रहे पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई मान्ने कि समानुपातिकको सूची मनोनयनलाई आधार मान्ने भन्ने अन्योलका बीच दलका नेता र संसद् सचिवालयले समानुपातिक सूची बुझाउने अघिल्लो दिन शनिबार संसद्को आयु स्वतः समाप्त हुने गरी बुधबार सहमति गरेका हुन् ।

निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ ।

सभामुख ओनसरी घर्तीले समानुपातिकको मनोनयनलाई आधार मानेर संसद् विघटन हुने भन्दै सरकारलाई अत्यावश्यक कानुन पारित गर्नुपर्ने भए त्यसअनुसारको तयारी गर्न जनाउ दिएकी छन् ।

सभामुखले संसद्को आयु कहिलेसम्म मान्ने भन्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दा त्यस विषयमा संसद्लाई नै निर्णयमा पुग्न आयोगले सुझाव दिएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत