प्रधानमन्त्रीले आचार संहिताको उल्लङ्घन गरी सरकार गठन गरे – ओली

२८ असोज ०७४, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आचार संहिताको उल्लङ्घन गरी प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभागृहमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

कानुनको पालना गर्ने सवालमा गम्भीर हुनुको सट्टा विना कामका विना विभागिय मन्त्री थप्दै नेपाली कांग्रेस क्षणिक लाभ लिन अग्रसर भएको ओलीले टिप्पणी गरे ।

ओलीले प्रधानमन्त्री देउवालाई केही दिन भए पनि लाभ लिउँ भन्ने मानसिकताबाट उद्धत भई मन्त्रिपरिषद् विस्तार गरेको पनि आरोप लगाए ।

बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी शनिबारदेखि औपचारिक रुपमा एमालेमा विलय भएको छ ।

अध्यक्ष ओलीले चुरे भावर राष्ट्रिय एकता पार्टीका न्यौपाने लगायत कार्यकर्तालाई पार्टी प्रवेश गराए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत