आज राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची पेश गर्दै

२९ असोज ०७४, काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन तालिकाअनुसार राजनीतिक दलहरुले आज समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची पेश गर्दैछन् ।

आयोगले राजनीतिक दलहरुलाई आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द सूची पेश गर्ने समय तोकेको छ ।

यसैगरी आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवमार्फत नेपाल सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको आयोगबाट जारी गरिएको सहसचिव एवम् प्रवक्ता नवराज ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत