किर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकासा, अख्तियारद्वारा छानबिन सुरु

२९ असोज ०७४, सप्तरी । जिल्लाको प्रसवनी ४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी बाणिज्य बैक राजविराजबाट रकम झिकेको बिषयमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ ।

सप्तरीको कुष्णसवरण गाँउपालिका वडा नं. ४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्त समितिका अध्यक्ष र कोषाध्यक्षले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको बिषयमा छानबिन गर्न माग गरिएको हो ।

सो समितिका सचिव देव नारायण यादवले समितिका अध्यक्ष बैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा आफ्नो हस्ताक्षर गरी रकम झिकेको आरोपसहित अख्तियारमा लिखित उजुरी दिएको बताए ।

पुल निमार्णका लागि समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवको नाममा संयुक्त खाता रहेको बताइएको छ ।

पुल निर्माणमा अनियमितता र गुणस्तरहीन समान प्रयोग गरेको र निर्माणको बिल धेरै रकमको बनाएकाले सचिवले चेकमा हस्ताक्षर गर्न नमानेपछि अधयक्ष र कोषाध्यक्षले किर्ते हस्ताक्षर गरी रु. ६ लाख ५५ हजार ४ सय ३१ रुपैया झिकेको सचिव यादवको आरोेप छ ।

सो सम्बधमा कार्वाहीका लागि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धन आयोग, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्यव समिति सप्तरीमा छानबिन गर्न माग गरिएको छ ।

करिब १३ लाख रुपैयाँको लागतमा निर्माण भएको सो पुल निर्माण भएको एक महिना नपुग्दै भत्किन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

पुल निर्माणमा लागत खर्च १३ लाख रुपैयाँ रहेको उपभोक्त समितिको दाबी भएपनि सो पुल निर्माणमा रु ५ लाख पनि खर्च नभएको सचिव यादवको दावी छ ।

यसैबीच अख्तियारले सो उजुरीको आधरमा छानबिन सुरु गरिने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत