प्रधानमन्त्री आफैंले राखे परराष्ट्र र गृह : माओवादी मन्त्रीहरुलाई बनाए विना विभागीय

३१ असोज ०७४, काठमाडौं । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाएर जिम्मेवारी बाँडफाँड गरेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाएर परराष्ट्र र गृह मन्त्रालय आफैं राखेका छन् भने राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।

शनिबार सपथ ग्रहण गरेका उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै मन्त्री दिलनाथ गिरीले शहरी विकास, जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार जिम्मेवारीबाट हटाएर विना विभागीय मन्त्री बनाए पनि अघिल्लो साता माओवादी केन्द्रमा विलय भएको नेकपा संयुक्तबाट जनसंख्या तथा वातावरण मन्त्री बनेकी मिथिला चौधरीको जिम्मेवारी यथावतै रहेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी तालमेल साथै पार्टी एकता संयोजन समिति गठन भएपछि अत्तालिएका प्रधानमन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाए ।

अकस्मात विना विभागीय बनाइएका माओवादी मन्त्रीहरुमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री जनार्दन शर्मा, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्ति मन्त्री शिवकुमार मण्डल, उर्जामन्त्री महेन्द्रबहाुदर शाही, पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारु र महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला छन् ।

प्रधानमन्त्री देउवाले राज्यमन्त्रीहरु रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङदी शेर्पालाई पनि विना विभागीय बनाए ।

प्रधानमन्त्री देउवाको जम्बो मन्त्रीमण्डल यस्तो छ :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत