कपास उद्योगमा आगलागी हुँदा १४ लाख बराबरको क्षति

१ कार्तिक ०७४, धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित एक कपास उद्योगमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नेत्रावती गाउँपालिका वडा नं ४ कटुन्जेका युद्ध वहादुर बरबतीले सञ्चालन गरेको धादिङ कपास प्रशोधन केन्द्रमा मंगलबार दिउसो १ बजेतिर आगलागी हुँदा उद्योग जलेर पूरै नष्ट भएको छ ।

घरमा खेर गएका पुराना कपडाहरु पेलेर नयाँ शिरक डसना बनाउने जिल्लामै नमुना उद्योगको रुपमा सञ्चालित थियो ।

आगलागि भएको खबर पाउने वित्तिकै स्थानीय, प्रहरी र नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरेपनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा पूरै जलेर क्षति भएको हो ।

आगलागिको हुनुको कुनै ठोस कारण फेला नपरेपनि प्रहरीले भने उद्योगमा रहेको विद्यूत सर्ट भएर आगो लागेको हुनसक्ने बताएको छ ।

आगोलागिको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत