दुलही झैं श्रृङगारिदै राजविराज, लक्ष्मी पुजाको भब्य तयारी

ग्लोबलले सञ्चालनमा ल्यायो सुविधायुक्त एम्बुलेन्स सेवा

राजविराज । सामाजिक क्षेत्रमा क्रियाशील ग्लोबल बहुमुखी संस्था लिमिटेड राजविराजले मंगलबारदेखि सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

विपन्न समुदायको जीवनस्तरमा सुधार गर्दै विभिन्न शीपमूलक तालिम दिई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सहकारीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

संस्था परिसरमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे र राविनपाका उपमेयर साधना झाले संयुक्त रुपमा रिवन काटेर सो सेवाको शुभारम्भ गरेका हुन् ।

७ सिट र अत्याधुनिक तथा सुविधायुक्त उक्त एम्बुलेन्समा बिरामी बेड, स्ट्रेचर, अक्सिजन सिलिण्डर, कुरुवा सिटर, आकस्मिक उपचार उपकरण लगायतका सेवा उपलब्ध रहेको साथै जिल्लामै उक्त सेवा उपलब्ध हुने पहिलो एम्बुलेन्स भएको संस्थाका प्रबद्र्धक पंकज पोखरेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रजिअ पाण्डेले सामाजिक गतिविधिमा क्रियाशील ग्लोबलले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालन गरेर सेवा भावको उच्चतम् नमूना पेश गरेको बताउँदै यसले बिरामी र उनका आफन्तलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राजविराज नगरपालिकाका उपमेयर साधना झा, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्याम सुन्दर यादव, संस्थाका परियोजना प्रमुख उमेश प्रसाद यादव लगायतले एम्बुलेन्स सेवा सञ्चालन गरेर राम्रो सुरुवात गरेको भन्दै अरु राम्रा कार्य गर्नका लागि शुभकामना समेत दिएका थिए ।

दुलही झैं श्रृङगारिदै राजविराज, लक्ष्मी पुजाको भब्य तयारी

हिन्दुहरुको दोस्रो ठूलो पर्व दीपावलीको तयारीमा राजविराजका स्थानीयहरु जुटेका छन् । उनीहरु घर, पसल, व्यापारिक प्रतिष्ठानहरुलाई दुलहीलाई झैं सजाउन सजाउन ब्यस्त देखिएका छन् । साथै, नगर क्षेत्र सजाउन युवाहरु पनि सक्रिय भएका छन् ।

यहाँ विभिन्न वडाका स्थानीय क्लब र पुजा समितिद्वारा दीपावलीको अवसरमा लक्ष्मी र गणेशका ठूल्ठूला माटोको मूर्ति बनाई पुजा गर्ने प्रचलन पुरानै छ ।

सोही अनुसारको तयारी भइरहेको माँ वैष्णवी काली मन्दिर सेवा समिति एवम् पुजा समितिका अध्यक्ष मनोज मुन्धडाले बताए ।
यो पर्वलाई स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चयनले थप विशेष बनाएको छ ।

लक्ष्मी पुजामा सर्वाधिक भिड लाग्ने माँ वैष्णवी काली मन्दिर श्रृङ्गारिएर झकिझकाउ बनाइएको छ ।

मूर्ति, पण्डाल, प्रसाद तथा सर सजावटका लागि करिब १२ लाख भन्दा बढी खर्च हुने र सबै सहयोग स्थानीय सहयोगबाट नै जुटाइने अध्यक्ष मुन्धडाले बताए ।

यस्तै राजविराज ५ मा पनि लक्ष्मी पुजा समितिद्वारा विशाल पण्डाल र लक्ष्मी गणेशको माटोको मूर्ति बनाई भब्य सजावट गरिएको छ ।

समितिका सल्लाहकार गंगासागर गुप्ताले पण्डाल निर्माण र सरसजावटमा हालसम्म ७ लाख रुपैयाँ खर्च भइसकेको सुनाउँदै प्रत्येक वर्ष भव्यरुपमा लक्ष्मी पुजा मनाउने गरेको बताए ।

सामाजिक र धार्मिक संघ संस्थाको सरसजावट, उत्साह र चहलपहलले राजविराजमा लक्ष्मी पुजाको फरक पहिचान बनाएको स्थानीयको भनाई छ ।

लक्ष्मीपूजा र छठ पर्वलाई केन्द्रीत गर्दै सुरक्षा सतर्कता अपनाइएको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

‘विगतमा चाडपर्वमा भएका अपराधिक घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि विशेष योजनाका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ’ प्रहरी उपरीक्षक सिंहले भने ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत