नेमकिपालाई तालमेलमा आउन एमालेको आग्रह

७ कार्तिक ०७४, भक्तपुर । एमालेले आसन्न प्रतिनिधि  र प्रदेश सभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीलाई तालमेल गर्न आग्रह गरेको छ ।

प्रेस चौतारी नेपाल भक्तपुरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आग्रह गरेको हो ।

एमालेका केन्द्रीय सदस्य सोम मिश्र, महेश बस्नेत र जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले नेमकिपालाई यस्तो आग्रह गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत