प्रतिनिधि सभातर्फ ३२ जिल्लाका ३७ सीटका उम्मदेवारको सूची तयार

४ कार्तिक ०७४, काठमाडौं । प्रमुख दलहरुले आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटका उम्मदेवारको सूची तयार पारेका छन् ।

मनोनयन दर्ताको पूर्वसन्ध्या शनिबार रातिसम्म केही जिल्लामा नामावली टुंगो लागेको छैन ।

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका लागि आइतबार मनोनयन दर्ता हुनेछ भने प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता हुनेछ ।

निर्वाचन आयोगले भाइटीकाको भोलिपल्टै मनोनयन दर्ताको समय निर्धारण गरेका कारण दलका नेताहरुलाई तिहार मान्नसमेत भ्याई नभ्याई भएको छ । भाइटीका दिनमा समेत दलका नेताहरु टिकट बाँफाँटमा खटिएका छन् ।

एमाले र माओवादी सम्मिलित गठबन्धनले प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा नाम टुंगो लगाएका छन् । काँग्रेसले पनि एकाध क्षेत्रको बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ ।

गठबन्धनले कसलाई कहाँ उठाउँदै :

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत