करेन्ट लागेर एक महिलाको मृत्यु

२ कार्तिक ०७४, मोरङ । गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-१० मा घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले दिएको जानकारीअनुसार करेन्ट लागेर गम्भीर घाइते बस्नेतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत