सु-शासनलाई विश्वसनीय बनाउने मुख्य सचिवको प्रतिबद्धता

८ कार्तिक ०७४, काठमाडौं । मुख्य सचिव लोकदर्शन रेग्मीले बुधबार पदभार ग्रहण गरेपछि संवैधानिक व्यवस्थाअनुसार सु-शासनलाई सुदृढ र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहणसँगै सु-शासनलाई सुदृढ र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्य सचिव रेग्मीले  संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए ।

राज्यले दिएको कठिन जिम्मेवारीलाई निजामती कर्मचारीहरुले सफलतापूर्वक सम्पदान गरेको भन्दै उनले सरकारको उपस्थितिलाई विश्वसनीय र मजबुद बनाउन सचिवहरुको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत