त्रिशुली नदीमा बस खस्दा ११ जनाको मृत्यु, १३ जना घाइते

११ कार्तिक ०७४, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा ११ जनाको मृत्यु भएको छ ।

धादिङ प्रहरीकाअनुसार १३ जना घाइते भएका छन् भने अझै ३० जना यात्रु हराइरहेको अनुमान छ ।

प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार ना ६ ख १४६७ नम्बरको बस दुर्घटना परेका चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । उनले शवको पहिचान हुन नसकेको जानकारी दिए ।

त्रिशुलीमा खसेको उक्त बसलाई क्रेनबाट निकाल्ने तयारी भएको धादिङ प्रहरी प्रमुख रावतले जानकारी दिए ।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत