तनहुँ काँग्रेसमा भिडन्त : पौडेलविरुद्ध जोशीले वागी उम्मेदवारी दिने

१३ कार्तिक ०७४, तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री समेत रहेका गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि अर्को चुनाव चिन्ह लिएर चुनाव लड्ने बताएका छन् ।

जोशी तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार आकांक्षी भए पनि पार्टीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई टिकट दिएपछि उनले अर्को चुनाव चिन्ह लिएर भए पनि चुनाव लड्ने बताएका हुन् ।

शनिबार पार्टी शीर्ष नेताहरुले जोशीलाई समानुपातिकमा बस्न आग्रह गरे पनि उनले अस्वीकार गर्दै यसबारे थप कुरा नगर्न भनेका छन् ।

यसैबीच पार्टीले टिकट नदिए बागी उठ्ने जोशीको अभिव्यक्तिविरुद्ध तनहुँका कांग्रेस नेताहरुले आइतबार वक्तव्य जारी गरी खेद व्यक्त गरेका छन् ।

तनहुँबासी केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल लगायतका नेताहरुले भने वक्तव्य जारी गरी जोशीको अभिव्यक्तिविरुद्ध खेद व्यक्त गरेका छन् ।

‘बालुवाटरमा प्रधानमन्त्रीले बोलाई विविध कारण देखाउँदै समानुपातिकमा बस्न आग्रह गर्दा जोशीले आफूलाई टिकट दिएमा ‘रुख चिन्ह लिइ प्रत्यक्षतर्फ चुनाव लड्ने नत्र आफ्नै चिन्ह लिइ लड्छु, यस विषयमा अब मलाई कुनै सम्पर्क नगर्नु होला’ भनि धृष्टतापूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

  •  
    21
    Shares
  • 21
  •  
  •  
  •  

तपाइको मत