प्रधानमन्त्रीको उम्मेदवारी डडेल्धुरामा दर्ता

१६ कार्तिक ०७४, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी डडेल्धुरामा दर्ता भएको छ ।

दिउँसो करिब सवा १२ बजेतिर बाजागाजासहित जिल्ला निर्वाचन कार्यालय पुगेका काँग्रेस नेता, कार्यकर्ताहरुले देउवाको उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि गृहजिल्ला डडेल्धुरा जान समय नभएको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारी दर्ताका लागि आफ्ना पूर्वस्वकीय सचिव गणेश पन्तलाई वारेसनामा दिएर डडेल्धुरा पठाएका थिए ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत डा.रमेश प्रसाद रिजालकाअनुसार प्रधानमन्त्री देउवाको वारेसनामा बोकेर काँग्रेस नेता तथा कार्यकर्ताहरु मनोनयनका लागि कार्यालयमा आएका थिए । तर, प्रदेश सभा सदस्यका उम्मेदवारले भने आफैँ उपस्थित भएर उम्मेदवारी दर्ता गराए ।

नेपाली काँग्रेसभन्दा अगाडि ३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रिजालले जानकारी पनि दिए ।

बिहान १० बजेदेखि सुरुभएको उम्मेदवारी दर्ताको क्रममा पहिलोमा स्वतन्त्र उम्मेदवार कर्ण सिंह रावल, दोस्रोमा राष्ट्रिय जनमोर्चा, तेस्रोमा राष्ट्रिय यथार्थवादी पार्टी र चौथोमा उम्मेदवारी दिने पार्टी नेपाली काँग्रेस बनेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत