समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक

१७ कार्तिक ०७४, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारहरुको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

प्रमुख दलहरुले आयोगमा बुझाएको समानुपातिक निर्वाचनतर्फको बन्दसूची आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज पौड्यालका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ ।

आयोगले सार्वजनिक गरेको बन्दसूचीमा, आदिबासी पुरूष ७८३ र महिला ९३१ जना छन् ।

त्यसैगरी खस आर्यतर्फ पुरूष ८६७ र महिला ९९७ छन् । त्यस्तै थारू समुदायबाट पुरूष १५८ र महिला २६२ जना छन् भने दलित उम्मेदवारहरु पुरूषतर्फ ३४२ र महिलातर्फ ४९६ जना छन् ।

मधेसी समुदायबाट पुरूष ४५५ र महिला ५६३ जना बन्सूचीमा परेका छन् ।

मुस्लिम समुदायबाट पुरूष ८१ र महिला १५७ जना बन्द सूचीमा परेका छन् ।

निर्वाचन आयोगले अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ जनाको उम्मेदवारको नाम बन्दसूचीमा परेको जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत