बाढी पीडितलाई जापानी संस्थाको सहयोग

१९ कार्तिक ०७४, राजविराज । गत साउन २७ पछि आएको बाढीले घरवारविहीन भई विस्थापित बनेका बाढी पीडितलाई शनिबार जापानी सहयोगी संस्था प्लेटफर्म र पीस वीन्ड्सले राहत सामाग्री वितरण गरेको छ ।

स्थानीय संस्था र नेपाल रेडक्रस सोइसाईटी उपशाखा राजविराजको समन्वयमा बाढी प्रभावित रुपनी, मधवापुर, तिलाठी–कोइलाडी र गोबरगाढा गाउँका ८० परिवारलाई राहत वितरण गरिएको हो ।

जापानी सहयोगी संस्था पीस वीन्ड्सकी प्रतिनिधि इसीकावाले प्रतिपरिवार एउटा म्यार्टेस, एकसेट किचेन किट्स, एक थान त्रिपाल, चार थान कम्बल, एक थान बाल्टीन, एक बोरा चामल, ५ केजी दाल, ५ केजी च्यूरा, एक लिटर खाने तेल र एक प्याकेट नुन र सरसफाईका एक/एक सेट सामाग्रीका दरले राहत वितरण गरेका छन् ।

यस अघि गत असोजमा दशैका बेला समेत सो संस्थाले यहाँका बाढी पीडित ६ सय ९० परिवारलाई राहत सामाग्री वितरण गरेको थियो ।

गत साउन अन्तिम साता अविरल वर्ष पछि विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण जिल्लामा ६ जनाको मृत्यु भएको थियो भने ३ हजार भन्दा बढी परिवार प्रभावित भएको थियो ।

विपन्नलाई न्यानो लुगा
नेपाल इम्ब्रोइडरी ह्याण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ सप्तरीले शनिबार गरिब असहायलाई न्यानो लुगा वितरण गरेको छ ।

संघका राष्ट्रिय उपाध्यक्ष कमल परियार, जिल्ला अध्यक्ष मो. हासिम र सदस्य रामु परियारले राजविराज नगरपालिका क्षेत्र भित्रका ५५ जना गरिब असहाय परिवारलाई न्यानो लुगा वितरण गरेका हुन् ।

५५ जना परिवारलाई एक÷एक थान ज्याकेट, जिन्स पैन्ट, भेस्ट, कुर्ता सुरुवाल, स्वीटर, मौजा, जाडोको टोपी लगायतका सामाग्री वितरण गरीएको उपाध्यक्ष परियारले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत