हात्तीको आक्रमणबाट गम्भीर घाइते विकको मृत्यू

२० कार्तिक ०७४, राजविराज । जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कंचनरुप नगरपालिका १२ निवासी वृष बहादुर विकको आइतबार उपचारको क्रममा मृत्यू भएको छ ।

गत असोज ११ गते साँझ खेतमा लगाइएको धानबाली हेर्न गएको बेला हात्तीको आक्रमण गरी गम्भीर घाइते भएका ६० वर्षीय विकको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमण परी टाउको र छाती कुल्चेर गम्भीर घाइते विकलाई विगत ९ दिनदेखि आई.सि.यु.मा राखेर उपचार गरिएको भए पनि बचाउन नसकिएको चिकित्सकलाई उदृत गर्दै मृतक विकका छोरा रेश बहादुर विकले बताए ।

हात्तीको आक्रमणबाट घाइते भएका अन्य २ जना भने उपचारपछि घर फर्किसकेका छन् ।

त्रासमा रात भर जाग्राम

कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट आएका हात्ती विगत एक महिनादेखि स्थानीय जंगलमा बस्ने र बेला बेलामा आक्रमण गर्ने साथै अन्नबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय रातभर राम्रोसँग निदाउन सकेका छैनन् ।

जंगली हात्तीले धनजनको क्षति पु¥याउन थालेपछि स्थानीय रातभर आगो बालेर पालैपालो जाग्राम बस्न थालेको स्थानीय प्रकाश खतिवडाले बताए ।

स्थानीयले जंगली हात्तीको नियन्त्रण र आक्रमणबाट भएको जनधनको क्षतिपूर्ति अबिलम्ब उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत