जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

२४ कार्तिक ०७४, काठमाडौं । बाम गठबन्धनको तर्फबाट पश्चिम रूकुमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८, गोईरीमा ९ः२० बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो ।

गाडीलाई लक्षित गरी २ वटा बम प्रहार भएपनि सुरक्षाकर्मी र कार्यकर्ताहरुको उच्च सजकताका कारण कुनै प्रकारको मानवीय क्षति नभएको प्रेस विज्ञप्तिमा जारी छ ।

माअोवादीका केन्द्रीय नेता समेत रहेका जनार्दन शर्मा राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर नेपालमा भएको वाम एकताको पहलकर्ता समेत रहेकोले सुरक्षा थ्रेट बढिरहेको भन्दै उनीहरूले घटनाको निन्दा गरेका छन् । साथै उनीहरूले कार्यकर्ताहरूलार्इ उम्मेदवारको सुरक्षा र चुनावी प्रचारमा सक्रिय रहन अपील गरेका छन् ।

पार्टी एकता संयोजन समिति, पश्चिम रुकुम इन्चार्ज राजकुमार शर्मा र शेरबहादुर केसीले राजनीतिक स्थायित्व र  समृद्धि विरोधी दलाल तत्वहरुको साँठगाँठमा योजनाबद्ध रुपमा अक्रमण भएको बताएका छन् ।

गाडीलाई लक्षित गरी २ वटा बम प्रहार भएपनि सुरक्षाकर्मी र कार्यकर्ताहरुको उच्च सजकताका कारण कुनै प्रकारको मानवीय क्षति नभएको प्रेस विज्ञप्तिमा जारी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत