पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन, राजकीय सम्मानबिना अन्येष्टि

२५ कार्तिक ०७४, काठमाडौं । लामो समयदेखि क्यान्सरबाट  पीडित पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ ।

शनिबार बिहान क्यान्सरबाट पीडित  ९१ वर्षीय विष्टको ज्ञानेश्वरस्थित निवासमा निधन भएको हो । पूर्वप्रधानमन्त्री विष्टलाई राजकीय सम्मानबिना नै शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ ।

परिवार स्रोतका अनुसार उनको अन्तिम इच्छा नै महाप्रस्थानमा राजकीय सम्मान नदिनु भन्ने थियो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा, एकीकृत राप्रपा (राष्ट्रवादी) का नेता प्रकाशचन्द्र लोहनीलगायत नेता, कार्यकर्ता, आफन्तलगायत पशुपति आर्यघाट पुगेका थिए ।

पहिलो पटक २०२५ चैत २५ देखि  २०२६ चैत ३१ सम्म  प्रधानमन्त्री भएका विष्ट दोस्रोपटक २०२८ वैशाख १ देखि २०३० साउन १ सम्म प्रधानमन्त्री बनेका थिए भने तेस्रो पटक २०३४ वैशाख ३० देखि २०३६ जेठ १६ सम्म प्रधानमन्त्री भएका थिए । उनले  २०३० असार २५ मा सिंहदरबारमा  आगोलागी भएर ध्वस्त भएपछि  विष्टले नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै, राजा ज्ञानेन्द्रले २०६१ माघ १९  मा शासन सत्ता हातमा लिएपछि विष्ट मन्त्रीपरिषद उपाध्यक्ष भएका थिए ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत