कैलालीमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३६ घाइते

२६ कार्तिक ०७४, काठमाडौं ।  कैलालीको चुरे गाउँपालिका-३ धपेनीमा आइतबार बिहान बस दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

आइतबार बिहान ५ बजेतिर धनगढी-डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका-३ धपेनीमा  ना ७ ख २७२३ नंम्वरको बस दुर्घटनामा परेको हो । बस तीब्र गतिमा भएका कारण  घुम्टीमा नियन्त्रण गर्न नसकेपछि बस सडकबाट तल खसेको थियो ।

बस दुर्घटनामा परी मृत्यु हुनेहरुमा बैतडीका शिवनाथ गाउँपालिका वडा नम्बर ६ की ६४ वर्षीया भुन्टी देवी चन्द, बैतडीकै पञ्चेश्वर गाउँपालिका ४ कि २४ वर्षीया कविता तिवारी र बैतडीकै पाटन नगरपालिकाका ५ कि १८ वर्षीया रेवती भाट रहेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

त्यस्तै, घाइतेहरुमा  बैतडी १ मेलौलिका (२२ वर्षीया विना खजी, ४५ वर्षीय प्रताप भट्ट र उनका १८ वर्षीय छोरा गणेश भट्ट, सरस्वती साउद र ३० वर्षीय प्रारसिया साउद) रहेका छन् भने बैतडी ७ मेलौलीका (२२ वर्षीय भोजराज भट्ट ,२६ वर्षीय गौरव सिंह भाट, ५२ वर्षीया गनरी पार्की, ४५ वर्षीय हिक्मत भट्ट र १८ वर्षीय दिपक भट्ट) रहेका छन्  ।

बैतडी ५ शिवनाथकाका (५१ वर्षीय मधु धनाडी, ५७ वर्षीय शिव सिंह धनाडी, २१ वर्षीय भीम धनाडी, १४ वर्षीय सुरज धनाडी र २१ वर्षीय भीम धनाडी ) रहेका छन्  भने बैतडीको विशालपुर ९ का २१ वर्षीय सुरेश ओझा, बैतडी ४ आमचौरका १३ वर्षीय सुरज सिंह, र बैतडी ४ पञ्चेश्वरका २१ वर्षीय महादेव तिवारी रहेका छन्  ।

बैतडीको मेलौली ६ का १८ वर्षीय प्रकाश भट्ट,  बैतडीको शिवनाथ ५ का ४० वर्षीय अर्जुन साउद, बैतडीका १९ वर्षीय शंकर सिंह, उदयदेव ३ का २६ वर्षीय डम्मर सिंह रहेका छन्  भने कञ्चनपुरको दोधारा चादनीका (२३ वर्षीय किरण धनाडी, २४ वर्षीय नैनसिंह धनाडी, कविर धनाडी,  २४ वर्षीया सुनिता ओड, २० वर्षीय सुरेश पहरी, ५ वर्षीय अमित पहरी र ७ वर्षीया अञ्जली) पहरी रहेका छन्  ।

कञ्चनपुरको बनखेतका (१४ वर्षीय संतोष दास, ५० वर्षीय राम, २२ वर्षीया मनिसा धनाडी  र ४२ वर्षिय मानसिंह धनाडी), कञ्चनपुरको कृष्णपुर २ वाणीका ४७ वर्षीय गणेश दत्त भट्ट, शिवनाथ ५ का (३० वर्षीय रगविर साउद  र २५ वर्षिय दिपक चन्द), पाटन नगरपालिका ५ का ४० वर्षीय गगन सिंह ठगुन्ना रहेका छन् ।

घाइते मध्ये गम्भीर दुई जना कञ्चनपुरको बनखेतका १४ वर्षीय सन्तोष दास र  ५० वर्षीय राम दासलाई भारत रेफर गरिएको छ भने  घाइतेहरुको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत