नेपाल प्रहरीको एआईजीमा थप चारजना बढुवा सिफारिस

२८ कार्तिक ०७४, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा थप चारजना बढुवा सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिको निर्णयअनुसार गृह मन्त्रालयले चार जना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ छन् । सिफारिस अनुसार बढुवाको निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नु पर्दछ ।

प्रहरीमा यसअघि नै ११ एआईजी बढुवा भइसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत