अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक घुस लिएको आरोपमा पक्राउ

२९ कार्तिक ०७४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि उनलाई पक्राउ गरेको हो ।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका पाण्डेले पौडल र केसीलाई परिचालन गरेको अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत