यू-१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित

१ मंसिर ०७४, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य दिएको थियो ।

शुक्रबार दोस्रो सेमिफाइनलमा अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर नेपालले दिएको लक्ष्य पछ्याउन सफल भएको हो ।अफगानिस्तानका रहमनुल्लाह गुब्राज ७१ र इम्रान किल १८ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछाने, पवन सराफ, कमलसिंह ऐरीले १-१ विकेट लिएका थिए ।

नेपालले २८ ओभरमा १ सय ३ रन जोड्दै सबै विकेट गुमाएको हो । नेपालका लागि अनिल साहले सर्वाधिक ५० रनको योगदान दिए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । अफगानिस्तानका मुजीब उर रहमानले ६ विकेट लिँदा कायस्थ अहमदले २ विकेट हात पारे । भीम सार्की र सन्दिप लामिछाने रनआउट भएका थिए ।

फाइनल पुग्ने टोलीले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत