अन्तर्राष्ट्रिय बाल अधिकार दिवसमा बालश्रमिकको उद्दार

४ मंसिर ०७४, काठमाडौंं । अन्तर्राष्ट्रिय बाल अधिकार  दिवसको अवसरमा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाइन १०४ र प्रहरीसँगको सहकार्यमा ललितपुरबाट बालश्रमिकलाई उद्दार गरिएको छ ।

सोमबार ललितपुरको हरिहर भवन चोकबाट बाल अधिकारका लागि राष्ट्रिय अभियानले सार्वजनिक सवारी साधनमा कार्यरत् १० जना बालश्रमिकको उद्दार गरेको हो ।

बालश्रमको विरोधमा भेला भएका बाल अभियन्ताहरुले बालश्रमबिरुद्ध निधारमा कालो पट्टी बाँधेर प्रत्येक सवारी साधन रोकेर बालश्रमिक चेक गरेका थिए ।

बालअधिकारका लागि राष्ट्रिय अभियानले  केन्द्रीय बालकल्याण समिति जाने बाटोमा बसी बालश्रम मुक्त सवारीसाधनमा बालश्रम भेटिएकाले उक्त बालकको उद्दार र पुर्नस्थापनाको व्यवस्था गरी सम्बन्धित सवारीलाई प्रचलित कानुन अनुसार कार्वाही गर्न माग गरेको अभियानका संयोजक प्रविन सिलवालले जानकारी दिए ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईन्छ । नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धि १९८९ लाई अनुमोदन गरेको अढाई दशक पूरा भएको छ । नेपालले यस महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत