माओवादीले मंसिर ५ गते सबै निर्वाचन क्षेत्रमा शोकसभा गर्ने

४ मंसिर ०७४, काठमाडौंं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशको सम्झनामा  मंसिर ५ गते सबै निर्वाचन क्षेत्रमा शोकसभा गर्ने भएको छ ।

सोमबार बिहान बसेको माओवादी केन्द्रको विस्तारित केन्द्रीय समिति बैठकले चुनावी अभियानकै क्रममा १६५ निर्वाचन क्षेत्रमै शोक सभा गर्ने निर्णय गरेको हो ।

माओवादी अध्यक्ष दाहालका पुत्र प्रकाशको आइतबार बिहान निधन भएको थियो । चिकित्सकहरूले आकस्मिक हृदयघातले उनको निधन भएको बताएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत